विज्ञापन संघको अध्यक्षमा थापा


काठमाडौं– नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा सुदीप थापा निर्विरोध चयन भएका छन् । संघको २४औँ वार्षिक साधारण सभाबाट उनी निर्वाचित भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष सुदीप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन भएको छ । जसमा प्रथम उपाध्यक्षमा उजय शाक्य निर्विरोध निर्वाचित हुँदा द्वितीय उपाध्यक्षमा पंकज लाल प्रधान, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका हुन् ।

यस्तै कार्यसमिति सदस्यमा अरुणकाजी स्थापित, रोशन रेग्मी, आरसी सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी, र प्रभात रिमाल निर्वाचित भएका हुन् ।

प्रतिक्रिया