काँग्रेसका नेता सिटौलाले गरे उम्मेदवारी दर्ता


काठमाडौँ – राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गरेका छन्।

उनले कोशी प्रदेशको राजधानी विराटनगरमा मनोनयन दर्ता गरेका हुन् । सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन्।

गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रिय सभा चुनावमा उठेका हुन् ।

प्रतिक्रिया