
माओवादीले टुंग्यायो ६ उम्मेदवार, को–को हुने भए राष्ट्रियसभा सांसद ? (नामसहित)
काठमाडौं — यही माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले भागमा परेको ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
१९ रिक्त स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीको भागमा ६ सिट परेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ।



कागजपत्र |
