
सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



कागजपत्र |
