
ललितपुरको सीडीओमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल
काठमाडौं- गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।
बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा तानिएको थियो ।
यस्तै ललितपुरको प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल सरुवा भएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले खनाललाई ललितपुरमा काज सरुवा गर्ने निर्णय गरेका हुन् ।
ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टरमा तानिएका थियो ।



कागजपत्र |
