चीनले इन्जिनियरिङ पढ्न नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने


काठमाडौं- चीनले स्नातक तथा स्नातकोत्तर तहलाई छात्रवृत्तिमा इन्जिनियरिङ तथा कृषि विषय अध्यापन गराउने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाले एक सूचना जारी गर्दै इच्छुक विद्यार्थीलाई दरखास्त आह्वान गरेको छ ।

चीनले नेपाललाई सन् २०२४र२५ का लागि प्रदान गर्ने छात्रवृत्ति कार्यक्रम अन्तर्गत स्नातकमा चार जना तथा स्नातकोत्तरमा १९ जना विद्यार्थीले पढ्न पाउनेछन् ।

इन्जिनियरिङ विषयका लागि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र कृषि विषयका लागि कृषि तथा पशु विज्ञान अध्ययन संस्थान ९आईएएएस०ले पछिल्लो पटक सञ्चालन गरेको प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले आवेदन दिनसक्ने छन् ।

प्रतिक्रिया