

गौतम अडानी बने एशियाका सबैभन्दा धनी व्यक्ति

काठमाडौं- भारतका गौतम अडानी एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
यसअघि सबैभन्दा धनी रहेका मुकेश अम्बानीलाई पछि पार्दै शुक्रबार अडानी एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।
ब्लूमबर्ग बिलिनियर्सका अनुसार कुल नेटवर्थ ९७ अर्ब ६० करोड डलर पुगेसँगै अडानी एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।
अडानी हाल सर्वाधिक धनी व्यक्तिको सूचीमा १२ औं स्थानमा पुगेका छन् । मुकेश अम्बानी ९७ अर्ब डलरसहित १३ औं स्थानमा छन् ।

