

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सर्वोच्चले फैसला सुनाउँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दर्ता भएको अदालतको अवेलना मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । उक्त मुद्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ गते दर्ता गरेका थिए ।
मुद्दाको पेसी न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ ।
तत्कालीन समयमा प्रचण्डले अदालतले समेत आफूहरुलाई घेराबन्दी पारिरहेको र षडयन्त्रमा अदालतको पनि हात रहेको अभिव्यक्ति दिएका थिए ।

