पर्यटनमन्त्री किरातीविरुद्ध किन पर्‍यो प्रहरीमा जाहेरी ?


काठमाडौं- संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

धार्मिक भावनामा आँच पुर्याएको भन्दै ध्रुवराज लुइँटेलले किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन् ।

जाहेरीमा पुस पहिलो साता किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्याएको जिकिर गरिएको छ ।

किरातीलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउन जाहेरकर्ताको माग छ ।

क्रिश्चियन धर्मावलम्बीहरुको एक कार्यक्रममा मन्त्री किरातीले धर्मनिरपेक्षताको व्याख्या गर्दै इसाई धर्मको अस्तित्व स्वीकार नगर्नु दण्डनीय हुने बताएका थिए ।

प्रतिक्रिया