


मन्त्री साउद र भारतीय विदेश मन्त्री एसबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस- जयशंकरको बिचमा आज भेटवार्ता भएको छ ।
नेपाल–भारतको संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौँ आइपुगेका मन्त्री जयशंकर र परराष्ट्र मन्त्री साउद बिच भेटवार्ता भएको हो ।
मन्त्रीद्वयको बीचमा नेपाल र भारतको सम्बन्धलाई अझै उचाइमा कसरी पुर्याउने लगायतका विषयमा छलफल हुनुको साथै ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र विभिन्न समसामायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
मन्त्री जयशंकरसँग दुई देशको बिचमा कुराकानी गर्दा खुसी लागेको मन्त्री साउदले बताए ।
बैठकपछि आफ्नो सामाजिक सञ्जाल एक्समा छलफल भएको विषयलाई उल्लेख गर्दै मन्त्री साउदले आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा परिवहन, ऊर्जा र जलस्रोत तथा राजनीतिक लगायतका विषय विषयवस्तुमा कुराकानी भएको बताएका छन् । उ
नले आफूहरू बिचको भेटघाट पछि सातै सातौँ नेपाल–भारत संयुक्त आयोगको बैठक बसेको र त्यसमा पनि ऊर्जा, जलस्रोत, कनेक्टिभिटी, व्यापारलगायतको विषयमा छलफल भएको बताए ।

