सुनको मूल्य घट्यो


काठमाडौं – नेपाली बजारमा आज सुन-चाँदीको मूल्य घटेको छ। आज सुन एक हजार तीन सय रुपैयाँ घटेर तोलामा एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ३० रुपैयाँले घटेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया