राष्ट्रियसभा निर्वाचन: एमालेले माग्यो ६ सीट


काठमाडौं – राष्ट्रियसभामा गठबन्धनसँग नेकपा एमालेले ६ सीट मागेको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमालेले २० मध्ये ६ सीट मागेको हो ।

आज बसेको कानून समितिको बैठकमा टीआरसी विधेयक टुंग्याउने सहमति बने एमालेलाई सीट दिन सकिने गठबन्धनको शर्त छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘एमालेले टीआरसीको कुरालाई अगाडि सारेरै ६ सीट मागेका छन् । त्यो भए आजै कानून समितिको बैठक पनि बस्दैछ । त्यो पास गरौं त्यसपछि सल्लाह गर्न सकिन्छ भनेर हामी उठेका हौं ।’

उनले यसअघि पनि एमालेले टीआरसी विधेयकलाई देखाएरै दुईवटा संसदीय समितिको सभापति लिएको दाबी गरे । एमालेसँगको सीट बाँडफाँट टुंगो नलागेसम्म गठबन्धन दलभित्र पनि नटुंगिने निश्चित छ ।

प्रतिक्रिया