


काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भए थुनुवा

काठमाडौं- जिल्ला अदालत काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् ।
ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । खाेजी कार्य भइरहेकाे उनले बताए ।
म्याद थपका लागि अदालत लगिएकोमा अदालतबाटै उनी फरार भएको पाइएको छ ।
उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ गरिएकाे थियाे ।

