
अछामको कमलबजारका घर–घरमा प्रहरीको नम्बर
अछाम- अछामको कमलबजार नगरपालिकाका घरमा प्रहरीको सम्पर्क नम्बर टाँसिएको छ । ईलाका प्रहरी कार्यालयको आयोजना र कमलबजार नगरपालिकाको सहयोगमा उक्त कार्य गरिएको हो ।
बिहीबार वडा नम्बर १ स्थित माझी समुदायको घरबाट प्रहरीको सम्पर्क नम्बर टाँस गर्ने अभियानको शुभारम्भ गरिएको छ । प्रहरीको सेवा लिन, समाजमा दबिएर लुक्नसक्ने घटनाको सिघ्र सूचना प्राप्त गर्न र नागरिक–प्रहरी बीचको सम्बन्ध थप कसिलो बनाउने उदेश्यले उक्त अभियान सुरु गरेको इलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ ।
नगरपालिकाका सबै वडाका हरेक घरमा उक्त अभियान चलाइने बताइएको छ ।




कागजपत्र |
