
२५ अर्ब रुपैयाँ तरलता तान्दै केन्द्रीय बैंक
काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गर्ने भएको छ ।
बुधवार उक्त निक्षेप सङ्कलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २५ अर्ब रुपैयाँ तान्न थालेको हो ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । माघ ३ मा साँवा र ब्याज भुक्तानी हुनेछ । पछिल्लो समय बैंकहरुमा पैसा थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप खिचिरहेको छ ।



कागजपत्र |
