मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते


नवलपुर – नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको डेढ गाउँबाट कावासोती तर्फ आउँदै गरेको लु ४६ प २३८१ नम्बरको मोटर साइकल अनियन्त्रित भई छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बौदिकाली वडा नम्बर ३ का ५५ वर्षीय रन बहादुर मगरको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही ठाउँका ५१ वर्षीय खिम बहादुर ठाडा मगर गम्भीर घाइते भएका छन् ।

दुर्घटनाबाट घाइते भएका दुबैलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा मोटरसाइकल पछाडि बस्ने समाइली मगरलाई चिकित्सकले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको ठाडा मगरलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रेफर गरिएको छ ।

 

प्रतिक्रिया