ग्रेड कटौतीविरुद्ध सर्वोच्च पुगे प्रहरीका वरिष्ठ सईहरू


काठमाडौं– प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) हरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले पाउनुपर्ने ग्रेड रकम नपाएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

प्रहरीबाट अवकाश प्राप्त सुफतमान राई, राम करन गुप्ता, सुरेश कुमार राई र ओमप्रकाश शाक्य सहितका जुनियर अधिकृतहरूले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ ।

पुस १६ मा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले कारण देखाऊ आदेश जारी गरेका हुन् । बहालमा रहेका वरिष्ठ सई विनय बहादुर चन्द सहित १४ जनाले दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुँदै छ ।

प्रहरी नायव निरीक्षकले हाल तलबमा ८ ग्रेड थप सेवा सुविधा पाउँछन् । तर वरिष्ठ प्रनानीहरुले २ ग्रेड मात्र पाउने गरेको गुनासो छ ।

 

प्रतिक्रिया