
वैदेशिक रोजगारको समस्या समाधानका लागि नेविसंघको ध्यानाकर्षण
काठमाडौं – नेविसंघले वैदेशिक रोजगार विभागका महानिर्देशकलाई इपिएस प्रणालिको भाषा परिक्षाका लागि युवाहरूले भागेका समस्यालगायत वैदेशिक रोजगारमा सर्वसाधारणले भोगिरहेका समस्याको समाधानका लागि ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रतिनिधिमण्डलले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेलाई भेटी ध्यानाकर्षण गराएको हो ।
‘इपिएस प्रणाली अन्तर्गत भाषा परीक्षा दिन समस्या परेका युवाहरुका समस्या, वैदेशिक रोजगारिमा जान लागेका युवा, युवतिहरुले भोगिरहेका समस्या, वैदेशिक रोजगार विभागमा भइरहेको भ्रष्टाचार र अनियमितताका वारेमा ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधानका लागि जिम्मेवार बन्न वैदेशिक रोजगार विभागका महानिर्देशकज्यूलाई ध्यानाकर्षण पत्र वुझाउन हामी पुगेका हौं,’ नेता भुवन भट्टले वताए ।
वैदेशिक रोजगारिमा भइरहेका ठगि नियन्त्रण र वैदेशिक रोजगार ऐन २०६४ वमोजिम गर्नुपर्ने नितिगत र नियमन कार्य तदारुकताका साथ गरि निष्पक्ष , पारदर्शि वनाउन ध्यानाकर्षण सहित वैदेशिक रोजगारिमा जानलागेका युवा,युवतीहरुलाई श्रम सम्झौता विपरित अनैतिक काममा लगाउने म्यानपावर कम्पनीहरुलाई कार्वाहीको दायरमा ल्याउन माग नेविसंघ केन्द्रीय सदस्यहरुले गरेका छन् ।



कागजपत्र |
