
प्रश्नपत्र आउट गर्ने परीक्षा प्रमुखसहित ६ जनालाई कारबाही
सुर्खेत- मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले प्रश्नपत्र आउट गरेको अभियोगमा परीक्षा प्रमुखसहित ६ जना कर्मचारीलाई कारबाही गरेको छ ।
प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नता देखिएकोले परीक्षा व्यवस्थापन कार्यालयका प्रमुखसहित सम्बन्धित शाखाका ६जना कर्मचारीहरुलाई कारबाही स्वरु निलम्बन गरिएको मध्यपश्चिम विश्वविद्यालयका उपकुल पति प्रा।डा। नन्दबहादुर सिंहले जानकारी दिए ।
यही पौष ३ गतेवाट सञ्चालन भएको ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौँ सेमेस्टरको डिजाइन अफ स्टिल स्टकचर विषयको प्रश्नपत्र परीक्षा सञ्चालन हुनु अगावै बाहिरिएपछि उक्त विषयको परीक्षा रद्द गरी प्रश्नपत्र चुहावटको छानबिन गर्न समिति गठन गरिएको थियो ।
छानबिन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने ५ जना अन्य कर्मचारीहरुलाई छानबिन समितिको अन्तिम प्रतिवेदन प्राप्त नभए सम्मका लागि निलम्बन गरिएको उपकुलपति सिंहले जानकारी दिए ।
स्थगन भएका ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ अन्तरगत सिभिल, कम्प्युटर तथा हाइड्रोपावर विभागका परीक्षाहरू नयाँ तालिका अनुसार संचाल नगर्नका लागि नयाँ परीक्षा व्यवस्थापन प्रमुख सहित अन्य कर्मचारीको व्यवस्था गरिएको सिंहले जानकारी दिए ।



कागजपत्र |
