रेशम चाैधरीको आममाफीविरूद्धको रिटको सुनुवाइ ‘स्थगित’


काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिटको सुनुवाइ स्थगित भएकाे छ ।

उक्त रिटको सुनुवाइ प्रत्यर्थीका कानुन व्यवसायीबाट स्थगित सूचीमा राखिएको हो ।

सोमबार सो रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजालासमा सुनुवाइ तोकिएको थियो ।

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिने निर्णय गरेका थिए । सो निर्णय बदर गरिपाउँ भनी निवेदक शारखा कठायतले  सर्वोच्च अदालतमा रिट दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया