

माइतीघरबाट मन्त्री अनिता देवी पनि पक्राउ

काठमाडौं -निषेधित क्षेत्रमा ‘राष्ट्रिय धोती दिवस’ मनाउन खोजेपछि जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी पनि पक्राउ परेकी छिन् ।
निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीसहित कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले सबैलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।

