

मोरङमा जंगली हात्ती मृत फेला

मोरङ- मोरङको सुन्दरहरैंचास्थित सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।
सुन्दरहरैंचा नगरपालिका–१० स्थित जनजागरण सामुदायिक वनमा १० देखि १२ वर्ष उमेरको जंगली हात्ती मृत फेला परेको हो ।
सामुदायिक वनमा गोली लागेर मृत्यु भएको अवस्थामा भाले हात्ती फेला परेको स्थानीयले बताएका छन् । तर, डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले पोस्टमार्टम गरेपछि मात्र गोली लागे नलागेको थाहा हुने बताए ।
घटनायसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

