

राज्य व्यवस्था समितिको बैठकमा मागियो गृहमन्त्रीको राजीनामा

काठमाडौं– सांसद राजेन्द्र राईले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।
सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि मन्त्री श्रेष्ठलाई राजीनामा दिन भनेका हुन् ।
‘ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ ? उनले प्रश्न गर्दै भने, ‘छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । तपाई शालीन व्यक्ति, अब तपाई राजीनामा दिनुस् ।’

