

प्रजिअले गोली नचलाउनू भनेर आदेश दिँदादिँदै गोली चलेको हो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारीले गोली नचलाउनू भनेर आदेश दिँदादिँदै गोली चलेको बताएका छन्।
सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गर्दै ईपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नभएको बताए ।
सुरक्षा कमजोरी भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले वास्तविक अवस्था पत्ता लगाउन जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए । उनले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको प्रदर्शनकारीबाट घेराबन्दीमा परेपछि गोली प्रहार भएको बताएका छन् ।
शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शाका क्रममा अछाम र दैलेखका दुई जना युवाको मृत्यु भएको थियो ।

