


बालकुमारी घटनाः पूर्वन्यायाधीश पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन

काठमाडौं – उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन् । आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ ।
घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने टीओआर तोकिएको पनि मन्त्री शर्माले जानकारी दिइन् ।

