

यी हुन् राष्ट्रियसभा उम्मेदवारका लागि सिफारिसमा परेका १० पत्रकार

काठमाडौं – राष्ट्रियसभा उम्मेदवारका लागि नेकपा एसनिकट १० पत्रकारको नाम सिफारिस भएको छ ।
पत्रकारहरूलाई पनि राष्ट्रियसभामा ल्याउन एस निकट पत्रकार समाजवादी प्रेस संगठनले पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा क्रियाशील, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा संलग्न १० व्यक्तिहरूलाई उम्मेदवार बनाउन माग गरेको हो ।
आज संगठनले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा संगठनको तर्फबाट राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार बनाउन शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई, भरतराज पोखरेल, शीतल साह, विश्वमणि सुवेदी, जीवन बिसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतीज्ञा बूढा मगरलाई सिफारिस गरेको हो ।

