गौशाला २६ बालिग रहेको अदालतको ठहर


काठमाडौं- नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको जिल्ला अदालतले सन्दीपविरुद्ध मुद्दा दायर गर्ने गौशाला २६ को उमेर भने १८ वर्ष कटेको ठहर गरेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गरेको हो। पीडित गौशाला २६ को उमेर १८ वर्ष कटेको भए पनि सन्दीपले सहमतिबिना नै शारीरिक सम्बन्ध राखेको भन्दै दोषी मानिएको हो ।

१८ वर्षभन्दा मुनिको भएमा सहमतिको सम्बन्ध पनि बलात्कार मानिने कानून छ भने १८ वर्षभन्दा माथिकोलाई जबरजस्ति करणी गरेमा बलात्कार मानिन्छ । सन्दीपले जबरजस्ति करणी गरेको न्यायाधीशले निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया