
कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान
काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।
कांग्रेसका सचेतक पुष्पा भुसालका अनुसार फागुन २१ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक आह्वान गरिएको हो ।
२३ गते बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ । फागुन २३ गते अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।
उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरु बताउँछन् ।



कागजपत्र |
