
बालकुमारी झडपमा ज्यान गुमाएका युवकको छातीमा डाम, गोली लागेको भेटिएन
काठमाडौं- बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको पाइएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो ।
त्यही क्रममा राउत बालकुमारी क्षेत्रमा अचेत भेटिएका थिए । उनकाे किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे अस्पताल स्रोतले जानकारी दिएको छ।
तर, प्रहरीले भने गोली लागेर एक युवकको मृत्यु भएको बताएकाे थियाे । अस्पताल स्रोतका अनुसार उनको शरीरमा गोली लागेको कुनै निशान र चोट छैन। छातीमा भने चोट लागेको जस्तो डाम देखिएको छ।
मृत्युको कारण खुलेकाे छैन ।



कागजपत्र |
