सबैलाई इपीएस परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश


काठमाडौं– उच्च अदालत पाटनले सबैलाई इपीएस परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।

न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।

यसअघि जहाज निर्माण क्षेत्र रोजेर उत्पादन क्षेत्रमा भाषा परीक्षाको फाराम भर्न पाउँ भन्दै १८ जनाले उच्च अदालत, पाटनमा रिट निवेदन दिएका थिए ।  निवेदकहरुलाई मात्रै उत्पादन क्षेत्रका भाषा परीक्षामा सहभागी गराउनको लागि उच्च अदालतले पुस ५ गते अन्तरीम आदेश दिएको थियो ।

त्यो आदेश अनुसार इपिएसले १८ जना निवेदकलाई परीक्षाको फाराम भर्नको लागि शुक्रबार कार्यालयमा बोलाएको थियो ।

तर बाँकीले आवेदन भर्न नपाएपछि आन्दोलन गरेका थिए । आन्दोलन चर्किंदै जाँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए ।

मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यस क्रममा दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया