
कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ जनालाई मलेसियन कम्पनीले तलब दिने
काठमाडौं- कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ जना श्रमिकलाई तलब लिनका मलेसियन कम्पनीले सम्पर्क गनए आग्रह गरेको छ । नेपाल फर्किएर पुनः काममा जान नपाएका नेपाली श्रमिकहरूलाई तलब दिइने भएको हो ।
उनीहरूलाई श्रमिकको हालको राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर ठेगानासहित कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको हो ।
मलेसियाको भेन्चर ग्रुप अन्तर्गत entities Technocom system sdn. Bhd. / Pintarmas sdn. Bhd. मा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिकहरू काम गर्दै आएका थिए । कोरोना महामारीको समयमा उनीहरू नेपाल फर्किएका थिए ।




कागजपत्र |
