
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, जलाए मन्त्रीकाे गाडी
काठमाडौँ – कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले प्रदर्शन गरेको छ ।
प्रदर्शनकाे क्रममा बालकुमारी-सातदोबाटो सडकमा सयौंको संख्यामा उत्रिएका युवाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका छन् ।
जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।



कागजपत्र |
