

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी– कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार गोदावरी नगरपालिका वडा नम्बर ४ खैरानामा जङ्गलबाट माटो ल्याउँदै गरेको ट्र्याक्टर दुर्घटना भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार से १ त ९८०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३० वर्षीय चनक राम चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

