

पानीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु

विराटनगर – पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
मोरङको जहदा गाउँपालिका-३ भातिगन्जमा फुदन हस्दाकी १ वर्षीया छोरी कृतिको आज बिहान भरेर राखेको पानीमा डुबेर मृत्यु भएको हो ।
मृतक बालिकाको शव पोस्माटमका लागि कोशी अस्पतालमा राखिएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले बताएको छ ।

