

ढलानको अन्तिम तयारीमा रहेको पक्की पुल भत्कियो

भोजपुर – भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ ।
ढलानको अन्तिम तयारीमा रहेको षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका जोड्ने पुल आज भत्किएको हो ।
फर्मा भाँचिएपछि पुल तल खसेको भोजपुर प्रहरीले जनाएको छ । दिव्यज्योति धनञ्जय जेभीले बनाइरहेको उक्त पुलको लागत ६ करोड ३० लाख रूपैयाँ रहेको जनाइएको छ ।
घटनामा मानवीय क्षति भने भएको छैन ।

