पनौतीको फुलचौकी वनमा बेवारिस शव फेला


काभ्रे- पनौती नगरपालिका-१० स्थित फुलचौकी सामुदायिक वनमा बेवारिस शव फेला परेको छ । मंगलबार दिउँसो १:३० बजेको समयमा शव फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

अन्दाजी ३५/३६ वर्षको देखिने पुरुष मौवाको रुखमा पासो लगाई मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपा प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार, मृतकको शव हालसम्म सनाखत तथा पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया