

जाजरकोटमा तरूण दलले बनायो ६० टहरा

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले जाजरकोटका भूकम्प पीडितको बसोबासका लागि अस्थायी टहरा निर्माण गरेको छ ।
तरुण दलको टोलीले मंगलबारसम्म ६० वटा टहरा निर्माण भइसकेको केन्द्रीय सदस्यका केन्द्रीय सदस्य अशोक झाले बताए ।अध्यक्ष विद्वान गुरूङसहित तरूण दलमा आबद्ध युवाहरू भूकम्पपीडितलाई टहरा बनाउन श्रमदानमा खटिएका छन् ।
मंगलबार खलंगा गएर करिब ३० वटा टहरा बनाउने तरुण दलको टोलीको तयारी छ।
नेपाली कांग्रेसले पनि इन्जिनियरसहित विभिन्न टोली खटाएर जाजरकोट र रुकुम पश्चिममा टहरा निर्माणमा श्रमदान गरेको थियो ।

