सभामुख सापकोटासिहत सांसदहरूले लगाउन सुरू गरे कोरोनाविरुद्धको खोप


काठमाडौँ – सभामुख, मन्त्री तथा सांसदहरुले बुधबार कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरेका छन् । उनीहरुले बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सुरु गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल लगायत केही सांसदहरुले बुधबार बिहान सिभिल अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

बुधबार बिहान १० बजेदेखि चार बजेसम्म संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम छ ।

सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ ।

प्रतिक्रिया