नवलपुरमा बाघकाे आक्रमणबाट सासु बुहारीको मृत्यु


नवलपुर – नवलपुरमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

नवलपुर बिनयी त्रिवेणि गाउँ पालिका-१ पुरानो बस्तीका एकै घरका सासु बुहारीको बाघको आक्रमणबाट ज्यान गएको छ ।  साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो ।

मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो । गाउँले र प्रहरीको सहयोगमा राती खोजी भएको थियो ।

उनीहरूको शव पोस्टमार्टमका लागि डण्डास्थित अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया