नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय परिवर्तन, कति बजेदेखि कति बजेसम्म हुन्छ त बन्द ?


चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ ।

पुल बनाउनका लागि भन्दै यसअघि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरि दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने जनाइएको छ ।

भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

सूचना अधिकारी आचार्यका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिनेछ ।

प्रतिक्रिया