नेकपा एसका सचिवालय सदस्यहरुले मृत्युपछि अंगदान गर्ने


काठमाडौं – नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरुले मरणोपरान्त अंगदान गर्ने भएका छन् ।

हिजो बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मृत्युपर्यन्त अंगदानका लागि उत्प्रेरित गर्नेसमेत निर्णय भएको बताए।

‘सचिवालय सदस्यको हकमा सबैले प्रतिवद्धता जनाएका छौं । यसैगरी, अन्य नेता कार्यकर्तालाई पनि आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने ।

 

प्रतिक्रिया