

सुनको मूल्य बढ्यो

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
आइतबार छापावाल सुन तोलामा एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार उक्त सुन तोलामा एक लाख १९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ ।
चाँदी तोलामा एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

