
बार्दली रेस्टुरेन्टले कब्जा गरेर बनाएको संरचनामा महानगरले चलायो डोजर
काठमाडौं- बिजुलीबजार पुल नजिकै रहेको बार्दली रेस्टुरेन्टले मिचेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
बिहीबार बिहान डोजरसहित पुगेका नगर प्रहरीहरूले सडकको भाग मिचेर बनाएको पर्खाल भत्काउन लगाएका हुन् ।
उक्त संरचनाका कारण त्यहाँ बिहान बेलुकी सडक जाम हुँदैआएको थियो ।



कागजपत्र |
