गाजामा २० हजार बढीको मृत्यु भएको हमासको दाबी


एजेनसी । हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएको दाबी गरिएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु मारिएका हुन् ।

हमासले इजरायलमा आक्रमण शुरु गरेपछि इजरायलले पनि जवाफी कारबाही थालेको थियो । त्यसबेला एक हजार २ सय व्यक्तिको ज्यान गएको थियो ।

२ सय ४० जना बन्धक थिए । जसमध्ये केहीलाई मुक्त गरिएको थियो । बाँकी बन्दी छुटाउन कायरोमा, हमास र इजिप्टका वार्ताकारबीच भएको पछिल्लो वार्ता भने निष्कर्षविहीन भएको बताइएको छ ।

प्रतिक्रिया