६ जना मृत अवस्थामा फेला


काठमाडौँ – देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् ।

सप्तरी, रुपनी गाउँपालिका–४ छप्की बस्ने ५० वर्षीय जगरनाथी साह आफ्नै खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । आइतबारदेखि घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित आफ्नै माइती घर बस्ने ३६ वर्षीय पवित्रा तामाङ सोही ठाउँस्थित आफ्नै बर्खे गोठभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । गत मंसिर २० गते घरबाट हिँडी बेपत्ता भएकी उनको पत्करले छोपिएको अवस्थामा शव फेला परेको हो ।

त्यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–१ लोरपुरस्थित शिव शक्ति सामुदायिक वनमा सोही नगरपालिका–१ लक्ष्मीपुर बस्ने ७३ वर्षीय गंगाधर गौतम मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखा, गोरखा नगरपालिका–३ रोजिटार बस्ने ५७ वर्षीय तिल कुमारी ईस्माली मगर आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

यता उदयपुर, कटारी नगरपालिका–१० बरडाँडा बस्ने ४१ वर्षीय कमल कार्की सोही ठाउँस्थित छिमेकीको घरमा सुतेकोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया