दक्षिण अफ्रिकासँग भारतले ब्यहोर्यो शर्मनाक हार


काठमाडौं — घरेलु टिम दक्षिण अफ्रिका र भारतबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले ८ विकेटको जित निकालेको छ।

घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारत ४६.२ ओभरमा २११ रनमै अलआउट भयो।

२१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा ४२.३ ओभरमा पूरा गर्‍यो ।

यससँगै सिरिजमा एक एकको बराबरी भएको छ।

प्रतिक्रिया