

नयाँ बैठक कक्षमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
बैठक सिंहदरवारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुन:निर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बस्नेछ ।
भूकम्पले क्षति पुर्याएको सिंहदरवारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी तयार गरेकोमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकक्ष सारिसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सोही भवनबाट सञ्चालित छ ।
बुधवारको मन्त्रिपरिषद् बैठक पनि सोही भवनको बैठक कक्षमा बस्न लागेको हो । आज बिहान १० बजे प्रधानमन्त्री ‘प्रचण्ड’ले बैठक कक्षको अवलोकन गर्ने र ११ बजे सोही बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।

