भट्टराईको संयोजकत्वमा आगलागी पीडित सहयोग समिति गठन


फुङ्लिङ – ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितलाई राहत तथा पुनःस्थापनको लागि प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको संयोजकत्वमा काठमाडौँमा आर्थिक सहयोग समिति गठन गरिएको छ ।

उक्त समितिककोे सहसंयोजकमा पासाङ शेर्पा र टङ्क आङबुहाङ रहुनभएको छ भने सदस्यमा चित्रगुप्त साँवा, डम्बरबहादुर तुम्वाहाम्फे, टङ्क श्रेष्ठ, रमेश बराल, बलबहादुर तामाङ, युवराज गुरुङ, तारादेवि श्रेङ, अग्नी पौडेल, नन्दु बनेम र पदमजङ्ग आङवुहाङ रहेका छन् ।

त्यस्तै बैठकले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाको लागि भूकम्प पीडित सो सरह राहत उपलब्ध गराउन नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ । राहतको लागि देश तथा विदेशमा रहेका ताप्लेजुङवासीलाई सहयोग गर्न आह्वान गर्ने तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टलाईले पाँच लाख र प्रदेशसभा सदस्य टङ्क आङबुहाङले तीन लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया