
एनएसएल फुटबलः आज सुदूरपूर्वको झापा र सुदूरपश्चिमको धनगढी भिड्ने
काठमाडौं – नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज (बुधबार) झापा एफसी र धनगढीबिच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँच बजेबाट सुरु हुनेछ ।
यसअघि मंगलबार भएको खेलमा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको थियो ।
इलामले ललिपुरलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा ललितपुरको पहिलो हार हो । यस हारसँगै सात खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ ।
जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ ।
मंगलबार नै भएको अर्को खेलमा विजयी भएको पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ ।
बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले हराउँदै पोखराले प्लेअफमा स्थान सुरक्षित गरेको हो ।



कागजपत्र |
