

निर्माण सामग्रीमा आगलागी हुँदा ५५ लाखको क्षति

ललितपुर – ललितपुर महानगरपालिका २५ भैँसेपाटीस्थित निर्माणका सामान राखेको छाप्रोमा आगलागी हुँदा ५५ लाख बराबरको क्षति भएको छ।
मंगलबार दिउसो विद्युत् सर्ट भई आगलागीबाट करिब ५५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएकाे थियाे ।
साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

